ग्रीन भेन्चर्सको खुद नाफा र विद्युत बिक्रीको आम्दानी बढ्यो, अन्य सूचक कस्ता ?

२५ बैशाख २०८०, सोमबार ११:५५

काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको त्रेस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ३०६.३१ प्रतिशतले बढेर ३० करोड ४२ लाख रुपैयाँ कमाउन सफल भएको छ । अघिल्लो वर्ष कम्पनीलाई यही अवधिसम्म ७ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ९२ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २१६.७२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिसम्मसम्म कम्पनीले विद्युत बिक्रीबाट २९ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

चुक्तापुँजी ३ अर्ब १२ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ २१ करोड ६ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष रिटेन्ड अर्निङ १२ करोड ८५ लाख रुपैयाँले ऋणात्मक थियो ।

कम्पनीको वार्षिकीकरण ईपीएस २.९९ रुपैयाँबाट बढेर ९.७४ रुपैयाँ पुगेको छ । पीई रेसियो ३८.८३ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०६.७४ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*