‘मिस्टर बिस्ट’को स्टोरीको फोटो शेयर गर्नेमध्ये पाँच भाग्यशाली पाउने छ ५० हजार डलर

२५ बैशाख २०८०, सोमबार १३:३२

काठमाडौं । सामाजिक संजालमा निकै नै भाईरल रहेको मिस्टर बिस्टले आफनो जन्मदिनको अवसरमा आफना फयानहरुको लागि स्किम ल्याएको छ ।

मिस्टर बिस्ट’ उपनामले परिचित युट्युबर जिम्मी डोनाल्डनले आफ्नो जन्मदिनको अवसरमा पाँच जनालाई ५० हजार डलर करिब ६५ लाख रुपैयाँ उपहार दिने भएका छन् । बिस्टले सोमबार इन्स्टाग्राममा एक पोस्ट गर्दै यस्तो घोषणा गरेका हुन् ।उनले पोस्ट गरेको फोटो आफ्नो स्टोरीमा शेयर गर्नेमध्ये पाँच जना भाग्यशाली व्यक्तिले जनही १० हजार डलर गिभअवे स्वरुप पाउनेछन् ।

आज मेरो जन्मदिन,मिस्टर बिस्टले दुई करोड ८० लाख बढी फलोअर भएको आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट राख्दै लेखेका छन्, त्यसैले म पाँच जना फलोअरलाई ५० हजार अमेरिकी डलर दिँदैछु । तपाईँहरूले कमेन्टमा कसैलाई ट्याग गरेर यो पोस्ट आफ्नो स्टोरीमा शेयर गर्नुपर्ने हुन्छ । यदि मलाई फलो गर्नुभएको छैन भने तपाईंले जिते पनि म पैसा दिन्नँ । अबको ७२ घण्टामा विजेता छानिनेछन्, र प्रमाणसहित विजेता सार्वजनिक गरिनेछ ।

बिस्टको उक्त पोस्टमा अहिलेसम्म ५३ लाख बढी लाइक र ४२ लाख बढी कमेन्ट आइसकेको छ । विभिन्न नेपाली इन्स्टाग्राम प्रयोगकर्ताले पनि आफ्नो स्टोरीमा मिस्टर बिस्टको उक्त पोस्ट शेयर गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*