बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
२६ बैशाख २०८०, मंगलवार ११:०९

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापाबालवको सुनको मूल्य प्रतितोला एक लाख ११ हजार २ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भैरहेको छ ।
कारोबारको अघिल्लो दिन छापाबालवको सुनको मूल्य प्रतितोला एक लाख १० हजार ९ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख १० हजार ३५० रुपैयाँमा कारोबार भैरहेको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ । आज नेपाली बजारमा चाँदीको मुल्य प्रतितोला १ हजार ४४५ रुपैयाँले कारोबार भईरहेको छ ।












