शैलेन्द्र गुरागाँई बने महासंघ पुँजी बजार फोरमका सभापति

२७ बैशाख २०८०, बुधबार १७:१५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजी बजार फोरमको सभापतिमा शैलेन्द्र गुरागाई चयन भएका छन् । पुँजी बजार फोरमको सभापतिमा गुरागाईलाई महासंघकोे विधानको दफा ३८ (ग) बमोजिम चयन गरेको हो ।

फोरमबाट भएका गतिविधि एवं कार्यबारे अर्ध वार्षिक रुपमा पुनरावलोकन गरी मुल्यांकन गर्ने महासंघले जनाएको छ । फोरमले सेयर बजारमा देखिएका समस्या समाधान गर्न पहल गर्ने, नीतिगत रुपमा सुधार आवश्यक भएमा सरोकारवाला निकायमा सुझाव दिने लगायत काम गर्ने छ । गुरागाई स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)का पूर्व अध्यक्ष हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*