विवादित ज्ञवालीलाई भन्सार विभागमा लैजाने अर्थमन्त्री डा. महतको तयारी

२८ बैशाख २०८०, बिहीबार ०९:३३

काठमाडौं । भन्सार विभागमा रहेको चक्र बहादुर बुढाको सरुवा गरिएको छ । हाल रिक्त रहेको भन्सार विभागमा यसअघि विवादमा तानिएका भ्रष्टाचारमा मुछिएको आरोप लागेका राजेश्वर ज्ञवालीलाई लैजान अर्थमन्त्री डा. प्रकाशशरण महतले तयारी गरिरहेका छन् ।

नेपाल ट्रष्टमा हुँदा घोटाला गरेको आरोप लागेको थियो । उनले नेपाल ट्रष्टको जग्गा तथा भाडामा विवादित काम गरेका थिए । त्यस्तै, काठमाडौं महानगरपालिकामा हुँदा पनि विवादमा मुछिएका ज्ञवाली अहिले भन्सार विभागको प्रमुख बन्न हात धोएर लागि परेका छन् । हाल ठूला करदाता सेवा कार्यालयमा रहँदा पनि राजश्व संकलनमा ठूला कम्पनीहरुबाट कर असुलीमा खासै भूमिका निर्वाह गर्न नसकेका ज्ञवाली भन्सारमा जान पाए शक्तिकेन्द्र धाइरहेको बुझिएको छ ।

ज्ञवाली काठमाडौं महानगरपालिकामा हुँदा पनि घोटाला गरेको आरोप महानगरका कर्मचारीहरुको छ । महानगरका कर्मचारीहरुको एक तह बढुवा गराएर एक महिनाको तलव झ्वाम पारेको आरोप काठमाडौं महानगरका कर्मचारीहरुको छ ।

यस्ता विवादित व्यक्तिलाई भन्सार विभागमा लैजान अर्थमन्त्री आफै तयार भएको बारे अर्थ मन्त्रालयभित्र आश्चर्यजनक रुपमा हेरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*