सुनको मूल्य स्थिर रहदा चाँदीको घट्यो

काठमाडौं । साता कारोबारको पाचौं दिन अर्थात बिहिबार सुनको मूल्य स्थिर रहेको छ । आज नेपाली बजारमा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापाबालवको सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४३० रुपैयाँले कारोबार भईरहेको छ ।