कर्मचारीलाई समयमा नै मन्त्रालय पुग्न मन्त्री बस्नेतको निर्देशन

२८ बैशाख २०८०, बिहीबार १७:२०

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले कर्मचारीहरुलाई समयमानै कार्यालय आउन निर्देशन दिएका छन् । कर्मचारीहरु मन्त्रालय समयमा नै नआउने गरेको देखिएको भन्दै मन्त्री बस्नेतले सामाजिक संजालमार्फत एक स्ट्याटस राख्दै यस्तो निर्देशन दिएका हुन् ।

आफु बिहान साढे ९ बजे मन्त्रालय पुगेको तर कर्मचारीहरु साढे १० बजेसम्म पनि कार्यालयमा नआइपुगेको मन्त्री बस्नेतले सामाजिक संजालमार्फत भनेका छन् । मन्त्रालयमा पुगेको घण्टौ सम्म पनि मन्त्रालय, विभागका अधिकांश कर्मचारी कार्यालयमा नभेटिएको र उनीहरुको कुर्सी रित्तै देखेपछि मन्त्री बस्नेतले सामाजिक सञ्जालमार्फत नै समयमा नै मन्त्रालय पुग्न दिर्नेशन दिएका हुन् ।

स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेको चौथो दिन आज सबै विभागको अनुगमन गर्दा अधिकांश कर्मचारी समयमा कार्यालय नआएको पाइएको हो । मन्त्रीले कर्मचारीहरुलाई तोकिएको समयमा कार्यालयमा उपस्थित भइसक्न निर्देशन दिदै अगाडि लेखेका छन् । यो अभियान मन्त्रालयमा मात्र नभएर प्रदेशदेखि स्थानीय तहसम्म लागु गरिने मन्त्री बस्नेतको प्रतिबद्धता छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*