प्रधानमन्त्रीसँग सांसदको सवालजवाफ: विपक्षी र सत्तापक्षका २० सांसदले प्रधानमन्त्री प्रचण्डलाई सोधे प्रश्न

४ जेष्ठ २०८०, बिहीबार १५:१६

काठमाडौं। आज बसेको प्रतिनिधिसभाकाबैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २० सांसदले प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा तय गरिएको ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा सांसदहरुले प्रधानमन्त्रीसँगको समसामयिक विषयमा प्रश्नोत्तर गरेका हुन् ।

कांग्रेसका ईश्वरीदेवी न्यौपाने, दीपक गिरी र दिलेन्द्र प्रसाद बडू र रामहरि खतिवडाले प्रधानमन्त्रीलाई प्रश्न राखे । यस्तै एमालेबाट विद्या भट्टराई, रघुजी पन्त र पदम गिरीले प्रधानमन्त्रीलाई प्रश्न गरे थिए ।

यसैगरी जनमतबाट अमितादेवीले प्रश्न गर्दा नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरीले प्रश्न गरे भने लोसपाबाट सर्वेन्द्रनाथ शुक्ला, नेमकिपाबाट प्रेम सुवाल, जनमोर्चाबाट चित्रबहादुर केसी, आम जनता पार्टीबाट प्रभु शाह, स्वतन्त्रबाट अमरेश कुमार सिंह र योगेन्द्र मण्डलले प्रश्न गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*