सुपर हेवा पावर कम्पनीद्वारा विशेष साधारण सभा आह्वान

५ जेष्ठ २०८०, शुक्रबार १३:०१

काठमाडौं । सुपर हेवा पावर कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ २ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा जेठ २० गते, कम्पनी रजिष्टर्डको कार्यालयमा आह्वान गरेको हो । सभा विहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ ।

विशेष साधारण सभाले कम्पनीको स्वीकृत प्रबन्ध पत्रको दफा ६ को (ख) र (ग) (घ) संशोधन गर्ने प्रस्ताव पारित गर्ने छ । यसका साथै, प्रबन्ध पत्र संशोधन गर्ने क्रममा नियामक निकायहरूबाट कुनै थपघट (फेदबदल । परिमार्जन) गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न वा अभिलेख गराउँदा केही सामान्य हेरफेर गर्न, संशोधन सम्बन्धी कागजात प्रमाणित गर्न, दाखिला गर्न र अभिलेख गराई लिन सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*