साताको शेयर बजारमा बीमा: जीवन बीमामा एलआईसी, नेपाल र नेशनल, निर्जीवनमा राष्ट्रिय बीमा कम्पनीको मूल्य सबैभन्दा उच्च

१३ जेष्ठ २०८०, शनिबार १०:४३

काठमाडौं ।  बजार निरन्तर उकालो लागेका कारण जीवन बीमा कम्पनीको शेयरसमेत बढेको छ । कुनै समय शेयर लगानीकर्ताका लागि आकर्षक मानिएका जीवन र निर्जीवन बीमा कम्पनीको शेयर बढेपछि लगानीकर्ताहरु उत्साहित छन् ।

बुधबार शेयर बजार १६ दशमलव ४९ को अंकले घटेर १९५९.१२ को बिन्दुमा कायम भएको छ । बुधबार जिवन बीमा इन्डेक्स १.२० प्रतिशतले बढेर १०१०२.७८ को बिन्दुमा कायम भएको छ । यस समयमा निर्जीवन बीमा इन्डेक्स १.२९ प्रतिशतले ९५५८.४६ को बिन्दुमा कायम भएको छ । निर्जीवन र जीवन बीमा कम्पनीका शेयरमा सामान्य अंकले सुधार आएको छ ।

स्टकमा कूल सात जीवन बीमा कम्पनीका शेयर सूचीकृत भएका छन् । शेयर बजार सामान्य अंकले बढेको कारण बीमा कम्पनीको शेयर प्रभावित भएको छ ।

स्टकमा बुधबार भएको कारोवारका आधारमा लाइफ इन्स्यारेन्स कम्पनीको मात्रै शेयर मूल्य एक हजार ३७४ रुपैयाँ रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य ७१६ रुपैयाँ छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ६४९ रुपैयाँमा कारोवार भएको छ ।

एशियन लाइफ इन्स्यारेन्सको ६०८ रुपैयाँमा कारोवार भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ४७१ रुपैयाँमा खरिद बिक्री भएका छन् । प्रभु लाइफ इन्स्योरेन्स ४७० रुपैयाँ र सानिमा रिलायन्स लाइफको ४३२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

शेयर बजारमा बुधबार निर्जीवन बीमा कम्पनीहरुमध्ये ११ कम्पनीको कारोबार भएको छ । नेप्सेमा सूचिकृत निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य सबैभन्दा बढी रहेको छ । बुधबार कम्पनीको शेयरमूल्य १४ हजार ८५० रुपैयाँमा कारोबार बन्द भएको छ ।

नेको इन्स्योरेन्सको ७९१ रुपैयाँ, शिखर इन्स्योरेन्सको ७६० रुपैयाँ, शिखर इन्स्योरेन्सको ७६० रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ६६९ रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ६६८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यस्तै, बुधबार कारोबारको अन्तिमसम्ममा नेपाल इन्स्योरेन्सको ६१० रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५२० रुपैयाँ, युनाइटेड इन्स्योरेन्सको ५१८.९० रुपैयाँ, प्रभु इन्स्योरेन्सको ५१७ रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सको ४८४ रुपैयाँ र अजोड इन्स्योरेन्सको ४५१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*