आन्तरिक सुशासन र संस्थागत सुदृढीकरण गर्ने प्रयासका साथ बीमा प्राधिकरणको वार्षिकोत्सव सम्पन्न

काठमाडौं। बीमा प्राधिकरणको ५८औं वार्षिकोत्सव आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा एक कार्यक्रम आयोजना गरी मनाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रलाई अझ समावेशी, डिजिटल, जोखिम सचेत र आर्थिक विकासको सहयात्री बनाउन प्राधिकरण दृढ रहेको बताएका छन् ।
कार्यकारी निर्देशक सुवेदीले बीमा क्षेत्रमा सुशासन र अनुशासन सुदृढ गर्नका लागि प्राधिकरणले नियमन र निरीक्षण कार्यलाई थप प्रभावकारी बनाएको उल्लेख गँर्दै आन्तरिक सुशासन, संस्थागत सुदृढीकरण र क्षमता अभिवृद्धिका क्षेत्रमा प्राधिकरणले यसवर्ष फड्को मारेको बताएका छन् ।

कार्यक्रममा नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र बहादुर बैदवार क्षेत्री, नेपाल जीवन बीमक संघका उपाध्यक्ष प्रकाश विक्रम खत्री, नेपाल लघु बीमक संघका अध्यक्ष चिरायु भण्डारी, नेपाल बीमा सर्भेयर एसोसिएसनका अध्यक्ष ऋषि कोइराला, नेपाल पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष ओम बहादुर के.सी. र नेपाल बीमा ब्रोकर संघका उपाध्यक्ष नरेश श्रेष्ठले शुभकामना म्रन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष र प्राधिकरणको संचालक समितिका सदस्य मान बहादुर अर्यालले प्राधिकरणमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरेका थिए ।
यसैगरी, अध्यक्ष पौडेल, संचालक समितिका सदस्य अर्याल र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले प्राधिकरणको ५८औं वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेलकूद प्रतियोगिताका विजयी कर्मचारीहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका संचालक समितिका सदस्य तथा प्राधिकरणका पदाधिकारी, बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, नेपाल बीमक संघ, नेपाल जीवन बीमक संघ, नेपाल लघु बीमक संघ, नेपाल बीमा सर्भेयर एसोसिएसन, नेपाल पेशागत बीमा अभिकर्ता संघ तथा नेपाल बीमा ब्रोकर संघका पदाधिकारीहरू र नेपाल बीमा प्राधिकरणका कर्मचारीहरू तथा पूर्वकर्मचारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका उपनिर्देशक श्रद्धा श्रेष्ठले गरेकी थिईन् ।












