एउटै प्रकृतिका निकायलाई मर्ज गराइने

१५ जेष्ठ २०८०, सोमबार १७:००

काठमाडौं । सरकारले उस्तै प्रकृतिका कार्यक्षेत्र रहेका निकायहरुलाई एकआपसमा गाभिने व्यवस्था मिलाउने भएको छ ।अर्थमन्त्री डा. प्रकाशशरण महतले आज आगामी आवको बजेट भाषण गर्दै एउटै प्रकृतिका संस्थालाई मर्ज गराउने बताएका हुन् ।

साथै क्षेत्राधिकारको आधारमा प्रदेश तथा स्थानीय तहबाट संचालन र व्यवस्थापन हुन उपयुक्त हुने विभिन्न पर्यटन प्रबद्र्धन विकास समितिहरु तत तहमा हस्तान्तरण गरिने अर्थमन्त्री महतले बताए । साथै खारेजी गरिने, एकआपसमा गाभिने वा पुर्नसंरचना र हस्तान्तरण गरिने निकायको विवरण अनुसूचीमा संलग्न गरेको उनले बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*