कम्पनी दर्ता तथा पुुँजी बृद्धि गर्दा शुल्क नलाग्ने
१५ जेष्ठ २०८०, सोमबार १७:२०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा नयाँ कम्पनी दर्ता र कम्पनीको पुँजी गर्दा कुनै पनि शुल्क तथा दस्तुर नलाग्ने व्यवस्था मिलाइने घोषणा गरेको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।
यसअघि कम्पनीहरुले कम्पनी दर्ता र पुँजी बृद्धि गर्दा शुल्क लाग्ने व्यवस्था रहेकोमा उक्त व्यवस्था खारेज गर्दै नयाँ आवमा त्यस्ता शुल्क तथा दस्तु नलाग्ने बताएका हुन् ।
न्युनतम १०० रुपैयाँ मात्रै अधिकृत पुँजी घोषणा गरेर मात्रै कम्पनी खोल्न सकिने कानूनी व्यवस्था मिलाइने अर्थमन्त्री महतले बताए ।












