३० प्रतिशत निकासी गर्ने उद्योगलाई कर सहुलियत दिइने

१५ जेष्ठ २०८०, सोमबार १७:३३

काठमाडौं । सरकारले आगामी आर्थिक क्षेत्रमा उद्योग स्थापनको लागि निजी क्षेत्रलाई आकर्षित गर्न जग्गाको बहालदर पुनरावलोकन गर्ने घोषणा गरेको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।

उत्पादनको न्यूनतम ३० प्रतिशत निकासी गर्ने उद्योगले विशेष आर्थिक क्षेत्रमा उद्योग संचालन गर्न पाउने गरी कानूनी व्यवस्था मिलाउने अर्थमन्त्री महतले बताए । साथै यस्ता उद्योगलाई निकासी गरेको परिमाणका आधारमा कर सहुलियत समेत दिइने अर्थमन्त्री महतले घोषणा गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*