शिक्षकको लाइसेन्सका लागि सबैले आवेदन दिन पाउने, बजेटमा गरियो घोषणा

१५ जेष्ठ २०८०, सोमबार १८:४९

काठमाडौं । सरकारले शिक्षक सेवाको लाइसेन्सको लागि हाल शिक्षाशास्त्र अध्ययन गरेको हुनुपर्ने व्यवस्था हटाउँदै अबदेखि जुनसुकै विषयमा तोकिएको शैक्षिक योग्यता पुरा गरेकाहरुले शिक्षकको लाइसेन्सका लागि आवेदन दिन पाउने भएका छन् ।

बजेटमा गरिएको घोषणा अनुसार प्रधानाध्यापक छनोट गर्दा खुला प्रतिस्पर्धाबाट गर्न स्थानीय तहलाई प्रोत्साहित गरिने भएको छ।
शैक्षिक योग्यता पुगेका आधारभूत तहका शिक्षकलाई माथिल्लो तहमा रिक्त पदमा समायोजन र स्तरोन्नती गरिने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*