आगामी आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट विनियोजन, बजेटको आकार २।३७ प्रतिशतले खुम्चियो
१५ जेष्ठ २०८०, सोमबार १९:०८

काठमाडौं । ।सरकारले आगामी आर्थिक वर्ष २०८०/ ०८१ को लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ ।
आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न खर्ब अर्ब करोड विनियोजन गरेको हो । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५।२० प्रतिशत, पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७।२५ प्रतिशत, वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७।५५ प्रतिशत रहेको छ। यो रकम चालु आवको तुलनामा २।३७ प्रतिशत कम हो ।











