सिआइटिमार्फत ‘नागरिक पेन्सन योजना’ संचालनमा ल्याउने
१५ जेष्ठ २०८०, सोमबार १९:१६

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा नागरिक लगानी कोषमार्फत स्वरोजगारमा रहेका सबै नेपाली सहभागी हुनेगरी नागरिक पेन्सन योजना संचालन गरिने भएको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।
अर्थमन्त्री महतले वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने गैरव्यवसायिक तथा उछृङ्खल गतिविधि नियन्त्रण गर्न प्रभावकारी कदम चालिने बताए ।












