बीमा र बैंकका सिईओहरुलाई थप कर, बार्षिक ५० लाख भन्दा बढि आम्दानी गरे ३९ प्रतिशतको स्ल्याब थपियो

१६ जेष्ठ २०८०, मंगलवार ०७:२९

काठमाडौं । हिजो संसदमा प्रस्तुत भएको आगामी आवको बजेट बक्तव्यमा बीमा कम्पनी, बैंक तथा अन्य ठूला कम्पनीमा कार्यरत सिईओ तथा उच्च पदस्थ अधिकारीहरुको तलव प्रभावित हुने गरी तलवमा नयाँ स्ल्याब थप गरेको छ ।

हाल अन्तिम स्ल्याबको रुपमा बार्षिक २० लाख भन्दा बढि जतिसुकै आम्दानी गर्ने प्राकृतिक व्यक्तिले सो भन्दा माथि आर्जन गरेको रकमको ३६ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था थियो । अब बार्षिक २० लाखको अन्तिम स्ल्याबलाई कायम राखेर नयाँ स्ल्याब थप गरी बार्षिक ५० लाख भन्दा बढि आम्दानी गर्नेले सो रकमभन्दा बढि रकमको ३९ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

नयाँ व्यवस्था अनुसार मासिक चार लाख १६ हजार ६०० रुपैयाँ भन्दा बढि तलव खानेलाई उक्त स्ल्याब लाग्नेछ । नेपालका बीमा तथा बैंकिङ क्षेत्रमा कार्यरत अधिकांश सिइओहरुको तलव बार्षिक ५० लाख भन्दा माथि छ । बीमा क्षेत्रमा एकाध सिईओको मात्रै तलव बार्षिक ५० लाख भन्दा कम छ । अब मर्जरपछि बनेका सिईओहरु सबैको तलव बार्षिक ५० लाख भन्दा बढि नै पुगिसकेको छ ।

नयाँ व्यवस्था अनुसार नेपाली बैंकका सिईओ मात्रै नभएर अधिकांश डेपुटी सिईओहरु समेतलाई बढेको करको दरबाट प्रभावित हुनेछन् । नयाँ व्यवस्था अनुसार बार्षिक एक करोड आम्दानी गर्ने व्यक्तिले वर्षमा कम्तीमा डेढ लाख रुपैयाँ बढी कर तिर्नुपर्ने भएको छ । त्यस्तै पाइलट, इन्जिनियर, डाक्टरहरु समेत नयाँ करको दरको मारमा पर्ने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*