अध्ययनका लागि विदेश जानेले ३ प्रतिशत कर तिर्नुपर्ने, झन महंगो बन्दै विदेशको उच्च शिक्षा

१६ जेष्ठ २०८०, मंगलवार १०:१४

काठमाडौं । सरकारले उच्च शिक्षाको लागि विदेश जाने विद्यार्थीहरुबाट ३ प्रतिशत शुल्क असुल गर्ने भएको छ । विदेशस्थित सम्बन्धित कलेजमा बुझाएको शुल्क भुक्तानी गर्न नेपालमा डलर सटही सुविधा प्रयोग गर्दा नै यस्तो शुल्क बुझाउनु पर्ने व्यवस्था गरिएको हो ।

बैंकले कट्टा गरेको ३ प्रतिशत शुल्क आन्तरिक राजश्व कार्यालयमा पठाउनुपर्नेछ । आन्तरिक राजश्व कार्यालयमा दाखिला गर्न ढिलाई गर्ने बैंकलाई १५ प्रतिशत ब्याज असुल गर्ने व्यवस्था आर्थिक विधेयक २०८० मा प्रस्ताव गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*