तोलामै २४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
१६ जेष्ठ २०८०, मंगलवार ११:१०

काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्यमा उछाल आएको छ । आज सुनको मूल्य तोलामा नै दुई हजार चार सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै २ हजार ४०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ । हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ३६० रुपैयाँमा किबनेच भएको थियो ।












