पुँजिगत खर्च प्रभावकारी बनाउँछौं, कडा अनुगमन हुन्छः अर्थमन्त्री डा. महत

१६ जेष्ठ २०८०, मंगलवार १४:५४

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले पुँजिगत खर्च बृद्दि गर्न सरकार योजनाबद्द रूपमा काम गर्ने बताएका छन्।

आज अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा। महतले पुँजिगत खर्च बढाउन योजना बनाएर काम गरिने बताए । मन्त्री महतले निर्माण व्यवसायीहरूले पाउने पैसा क्रमबद्द भुक्तानी गरिने बताए । ऋणको साँवा ब्याज दायित्व र समाजिक सुरक्षा दायित्व बढेकाले पुँजीगत खर्च घटेको उनले कार्यक्रममा बताए ।

अर्थतन्त्रमा देखिएका समस्याको समाधान गर्ने गरी बजेट निर्माण गरेको भन्दै उनले आगामी दिनमा बजेटमा उल्लेख भएका सबै बुँदा कार्यान्वयन आफू प्रतिवद्ध रहेको बताएका छन् ।

कार्यक्रममा उनले आफूले कुनै स्वार्थ हेरेको पुष्टि भए तत्कालै छोडेर जाने बताउँदै इमान्दर प्रयासको सहयोग गर्न आग्रह गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*