उपराष्ट्रपतिद्वारा विश्वनाथ केडियाको जीवनीमा आधारित पुस्तक विमोचन

१६ जेष्ठ २०८०, मंगलवार १६:३५

काठमाडौं । स्व.विश्वनाथ केडियाको जीवनीमा आधारित पुस्तक “अथक शान्त साधकःविश्वनाथ केडिया” नामक ग्रन्थको राम सहाय यादवले होटल मेरियट नक्सालमा आयोजित एक भव्य समारोह बीच विमोचन गरेका छन् ।

२०८० जेष्ठ ११ गतेका दिन ग्रन्थको विमोचन गर्नु हुदै उपराष्ट्रपति यादवले स्व. केडियाले देश र समाजको लागि पुर्याउनु भएको योगदान उल्लेखनिय रहेको बताए । उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा यथेष्ट कार्यहरु गर्नु भएको र भविष्यका पिडीले यसलाई अनुकरण गर्दै जानु पर्नेमा जोड दिए ।

समारोहमा स्व.केडियाका छोरा तथा सुशील केडिया सेवा फाउण्डेशनका नाति रचित केडियाले हजुरबुवासंग आफूले बिताएका सुनौलो क्षणहरुको स्मरण गरेका थिए । यस अघि ग्रन्थका सम्पादक आर.पी. भट्टराईले स्वागत मन्तव्य दिनु हुदै उनले पुस्तक बारे संक्षिप्त जानकारी दिएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*