नेपाली बजारमा रियलमीका शानदार दुई मोडल ‘नार्जो एन ५५’ र ‘नार्जो एन ५३’ चाँडै आउँदै

१६ जेष्ठ २०८०, मंगलवार १७:२२

काठमाण्डौं । सबैभन्दा बढी विश्वसनीय ब्रान्ड रियलमीले एन सिरिजअन्तर्गतका दुईवटा दमदार स्मार्टफोन मोडलहरु नेपालमा ल्याउने भएको छ।

एनले संकेतात्मक रुपमा विविधता, नयाँँपन र असिमित सम्भावनाहरुलाई जनाउने कम्पनीले जनाएको छ। रियलमी नेपालले यी मोडलहरु आफ्नो छुट्टै रुची, लगाव र लक्ष्य भएका जेनेरेसन जेड ९जेन जी०का लागि डिजाइन गरिएको जनाएको छ। यी नयाँ स्मार्टफोनमा ब्याट्री ९चार्जिङ०, चिपसेट९कार्यसम्पादन० र क्यामेरामा आधुनिक अपडेटका साथ स्मार्टफोनको बजारमा नयाँँ परिवर्तन ल्याउनेछन्।

यो रियलमीको अहिलेसम्मको सबैभन्दा स्लिम मोडल हो। यसमा ३३ वाटको फास्ट चार्जिङ, अद्वितीय क्यामेरा र लेटेस्ट चिपसेट रहेको छ। त्यस्तै यसमा ९० हर्जको आकर्षक एफएचडि डिस्प्ले र नयाँँ मिनी क्याप्सुल फिचर रहेको छ। यो एन सिरिजको नेक्स्ट जेन क्विक र नेक्स्ट जेन सिक स्मार्टफोन हो।

नार्जो एन ५५ मा शक्तिशाली ५००० एमएएचको ब्याट्रि र सुपर फास्ट ३३ वाटको सुपर भोक चार्जिङ भएकोले बिजुली चम्केको गतीमा फोन चार्ज हुन्छ।

त्यस्तै यसमा गज्जबका फोटोग्राफि फंक्सन भएका ६४ एमपिको एआई क्यामेरा र ८ एमपिको सेल्फी क्यामेरा रहेको छ। ९० हर्जको रिफ्रेस रेट भएको फुल एचडि प्लस डिस्प्लेले गर्दा फोन चलाउन एकदमै सहज अनुभव हुन्छ। साथै यसमा मेडियाटेक हेलियो जी८८ चिपसेट, १२ जीबीको डाइनामिक र्याम, रियलमी युआइ ४।० र नयाँँ अटो पिक्सलेट सेफ्टी फिचर पनि रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*