ऋण चुक्ता गर्न सिंगटी हाइड्रोले १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने

१७ जेष्ठ २०८०, बुधबार १०:३५

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको जेठ १७ गते बसेको संचालक समितिको बैठकले कायम चुृक्तापुँजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीले अन्य जलविद्युत आयोजनामा लगानी गर्न तथा कम्पनीको ऋण चुक्ता गर्न कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो ।

साथै नियमनकारी निकाय विद्युत नियमन आयोगबाट सहमति प्राप्त भएपश्चात् अनुमोदनका लागि कम्पनीको आगामी वार्षिक साधारण सभामा उक्त प्रस्ताव पेश गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*