३८ अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्य हुँदा कारोबार सन्तोषजनक

१७ जेष्ठ २०८०, बुधबार १५:१२

काठमाडौं । बुधबार शेयरबजारमा भारि गिरावट आएको छ । नेप्से सूचक आज ३८ अंकले घटेर १८४९ को विन्दुमा कायम हुन पुगेको छ ।

बजेट घोषणायता शेयरबजारमा उच्च अंकको गिरावट आउन थालेको छ । आगामी आवमा आम लगानीकर्ताहरुको माग सम्बोधन नभएका कारण पुँजीबजारको अवस्था खस्किएको छ । पुँजीगत लाभकर घटाउने आशामा बसेका लगानीकर्ताहरु निरुत्साही बन्दा शेयरबजारमा भारि गिरावट आएको छ ।

नेप्सेमा सूचीकृत २६२ कम्पनीको ८७ लाख ३६ हजार १२८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा भारि गिरावट आएपनि कारोबार रकम भने सन्तोषजनक नै देखिएको छ ।

नेप्सेमा रहेका सबै उपसूचक आज राताम्य रहेका छन् । सर्वाधिक आज होटल तथा पर्यटन उपसूचक ३.३१ प्रतिशत र उत्पादन तथा प्रशोधन उपसूचक ३.५३ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*