आँखुखोला जलविद्युत कम्पनीले १५० प्रतिशत हकप्रद जारी गर्ने
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रदे् शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजीको १५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीको जेठ १७ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार यसअघिको बैठकले कायम चुक्तापुँजीको २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय बमोजिम विद्युत नियमन आयोगमा पेश भएको निवेदनमा आवश्यक कारबाही प्राप्त निर्देशनअनुसार उक्त प्रस्ताव परिवर्तन गरी १५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीले १ः१.५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको छ ।