तिलक कोइरालाको नेतृत्वमा भोलि शेयर लगानीकर्ताले आन्दोलन घोषणा गर्ने

१७ जेष्ठ २०८०, बुधबार १७:४०

काठमाडौं । तिलक कोइरालाको नेतृत्वमा भोलि शेयर लगानीकर्ताहरुले आन्दोलनको घोषणा गर्ने भएका छन् । नयाँ बजेटमा पूँजी बजारलाई नकारात्मक असर पार्ने गरी करसम्बन्धी ब्यवस्था गरिएको बिरोधमा आन्दोलन गर्ने भएका हुन् ।

शेयर लगानीकर्ताहरुका अगुवा नेता तिलक कोइरालाले फेसबुक पोष्ट मार्फत आन्दोलनको तयारी गर्न भोलि विहान १० बजे कमलपोखरीमा लगानीकर्ताहरुको भेला आब्हान गरेका छन् ।

सो भेलामार्फत आन्दोलनको स्वरुप र कार्यक्रम घोषणा गरिने जनाईएको छ । शेयर बजारमा लगाईँदै आएको पूँजीगत लाभकरलाई आयकर ऐनको आय सिमासँग जोडेर बार्षिक आयको ३९ प्रतिशतसम्म कर असुल्ने गरी सरकारले नयाँ बजेट ल्याएपछि लगानीकर्ताहरु आन्दोलनको तयारीमा जुटेका हुन् ।

Open photo

Open photo

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*