भन्सार विभागको महानिर्देशक बने शोभाकान्त पौडेल

१७ जेष्ठ २०८०, बुधबार १७:५७

काठमाडौं । भन्सार विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव शोभाकान्त पौडेडलाई दिएको छ । खानेपानी मन्त्रालयबाट हालै अर्थ मन्त्रालयमा सरुवा भएका उनलाई मन्त्रालयले भन्सार विभागको नेतृत्वको जिम्मेवारी दिएको हो ।

पौडेलसँग यसअघि आन्तरिक राजस्व विभागको महानिर्देशकका रुपमा काम गरेको अनुभव छ । भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाको सरुवासँगै जेठयता विभाग नेतृत्वविहीन थियो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ बजेट सार्वजनिक गरेलगत्तै राजस्व संकलनको एक हिस्सा भन्सारमा अनुभवी प्रशासकलाई ल्याएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*