चेम्बर अध्यक्ष मल्ल सहितको टोली प्रधानमन्त्रीसंग भारत भ्रमणमा

१७ जेष्ठ २०८०, बुधबार १७:५४

काठमाडौं । चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोली प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसंग भारत भ्रमणमा गएको छ । निजी क्षेत्रबाट प्रतिनिधत्व गर्दै चेम्बर पदाधिकारी टोली प्रधानमन्त्री दाहालसंग भारत भ्रमणमा गएको हो ।

भ्रमण टोलीमा अध्यक्ष मल्लसंगै निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्षहरु दिपक मल्होत्रा र उर्र्मिला श्रेष्ठ गएका छन् । प्रधानमन्त्री दाहालले जेठ १७ गते बुधबारदेखि २० गते शनिबारसम्म गर्ने ४ दिने औपचारिक भ्रमणका क्रममा भारतीय निजी क्षेत्रसंग समेत अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै नेपाल भारतका निजी क्ष्ँेत्रका प्रतिनिधी संस्थाहरुले समेत दुई पक्षीय व्यापार, लगानी, भन्सार सहजीकरण लगायतका विषयमा अन्तरक्रिया गर्दैछन । भारतीय व्यवसायीहरुसंग ऊर्जा क्षेत्रमा लगानी, पर्यटन तथा मझौला उद्योग व्यवसायमा लगानीको आग्रह गरिने अध्यक्ष राजेन्द्र मल्लले बताएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*