सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ आजको कारोबार ?
१९ जेष्ठ २०८०, शुक्रबार ११:०५
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १२ हजार ७५० रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन छापावालाको सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको थियो ।
अघिल्लो दिन १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी तोलामा २५ रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको छ ।