नेपालगंज उपमहानगरपालिकाले आफनो नगरपालिका भित्रका घरहरुको बीमाको गराउन ल्यायो विपद जोखिम बीमा सम्बन्धी कार्यविधि

२० जेष्ठ २०८०, शनिबार २१:०७

काठमाडौं । बीमा क्षेत्रकै पहिलो अभ्यासको रुपमा नपालिकाले पहिलोपटक विपद जोखम बीमा सम्बन्धी कार्यविधि २०८० जारी गरेको छ । नेपालगंगज उपमहानगरपालिकाले नेपालगंज उपमहानगरको बीमा गराएको यसको अभ्यास सुरु गरेको छ । आज एक कार्यक्रमका बीच नेपालगंज महानगरपालिकाले उक्त पाईलट बीमा योजना सार्वजनिक गरेको हो ।

उपमहानगरले नगरपालिका भित्रका घरहरुको १५ लाख रुपैयाँसम्मको बीमा गर्ने सो भन्दा माथि रहे घरधनीले बीमाशुल्क थप गरि बीमा गनुपर्ने प्रावधान सुरु गरेको छ । यस कार्यविधिले हाल समेटिएका घरहरुको सुरक्षणको लागि यस्तो पाईलट पोलिसी जारी गरेको जनाएको छ ।

जसमा १५ लाख बीमांकी रकम उपमहानगरपालिकाले बीमाको ५८४ रुपैयाँ बीमा शुल्क भुक्तानी गरिदिनेछ ।बीमा दाबी भुक्तानी गर्दा पनि बीमाका प्रचलित कानुनी व्यवस्थाका साथै कार्यविधि अनुसार हुनेछ ।

उपमहानगरले उप प्रमुख कमरुद्दीन राईको संयोकत्वमा विपद जोखिम बीमा सम्बन्धी कार्यविधि २०८० निर्माण गरेको हो । कार्यविधिको अनुगमन समितिको संयोजकमा पनि नगर उपप्रमुख, सदस्यहरुमा प्रमुख प्रशासकिय अधिकृत, उप महानगरपालिकाका पुर्वाधार विकास समितिका संयोजक, वातावरण तथा विपद समितिका संयोजक, नेपाल इन्स्योरेन्स प्रोफेसन सोसाइटी बाँके शाखाका अध्यक्ष, प्राविधिक शाखाका प्रमुख सदश्य रहनेछन् भने वातावरण तथा विपद व्यवस्थापन शाखाका प्रमुख सदश्य सचिव रहेका छन् ।

कार्यविधि सार्वजनिक कार्यक्रममा मेयर प्रशान्त विष्ट, नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय प्रमुख पुर्ण बहादुर थापा, प्राधिकरणका कर्मचारीहरु कमला घर्ती, धनिन्द्रराज न्यौपाने,मोहम्मद दिल्दार अंसारीको उपस्थिति थियो ।कार्यविधि अनुसार बीमितअरुले खतरनाक खेलहरु जस्तै घोडादौड, बन्जी जम्पिङ्ग, प्याराग्लाईडिङ, मोटरसाइकल रेस, पुर्व निर्धारित यद्ध, हुदंगा अतिक्रमण, क्रान्तिबाट भएको कारणबाट भएको क्षति र अन्य नियमहरु प्रचलित बीमा ऐन अनुसार पाउने व्यवस्था रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*