रेड्मी नोट १२ ५जी नेपाली बजारमा, कनेक्टिभिटी र पर्फमेन्सको जोडदार संयोजन

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट १२ ५जी नेपाली बजारमा सार्वजनिक गरेको छ । यो रेड्मी नोट १२ ५जी कनेक्टटीभीटिको साथ आएको छ । प्रयोगकर्ताहरूले यस फोनकोे उच्च गतिको साथमा सहज ब्राउजिङ, स्ट्रिमिङ, र डाउनलोडिङ अनुभव लिन सक्नेछन् ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “ रेड्मीमा हामीले हाम्रो उपभोक्ताहरुलाई ध्यान मा राखेर हाम्रो ऊत्पदनहरु ल्याउछौँ जसले हामीलाई उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउन प्रेरित गर्दछ । रेड्मी नोट १२ ५जी नेपाली बजारमा लन्च गर्न पाउँदा हामी निकै उत्साहित छौं । रेड्मी नोट १२ ५जी ले हाम्रा प्रयोगकर्ताहरूलाई ५जी कनेक्टिभिटी र असाधारण कार्यसम्पादन सुनिश्चित गर्दछ । हामी विश्वस्त छौं कि यो स्मार्टफोनले हाम्रा ग्राहकहरूको अपेक्षाहरू पार गर्नेछ र उनीहरूको स्मार्टफोन अनुभवलाई समृद्ध बनाउनेछ ।”
AMOLED डिस्प्लको साथमा 120Hz को उच्च रिफ्रेस दर
उत्कृष्ट १२०Hz AMOLED को उच्च रिफ्रेस रेट डिस्प्ले सहित, रेड्मी नोट १२ छन् ले अतुलनीय तस्विर गुणस्तर र सहजता प्रदान गर्दछ । चाहे वेब ब्राउज होस् वा सोशल मिडिया स्क्रोल वा मोबाइल गेमिङ्ग, यसको Hz AMOLED डिस्प्लेले प्रयोगकर्ताहरुलाई दैनिक आधारमा विश्वसनीयता प्रदान गर्दछ । यसको ६.६७“ डिस्प्लेले DCI–P3 वाइड कलर गामट, रिडिङ मोड, Netflix HD र थप कुराहरूलाई समर्थन गर्ने र इमर्सिभ दृश्य अनुभव प्रदान गर्दछ । रेड्मी नोट १२ 5G को साथमा प्रयोगकर्ताहरूले लक स्क्रिनमा डबल ट्याप गरेर मात्र महत्वपूर्ण सूचनाहरू र अन्य उपयोगी जानकारीहरूसंग अद्यावधिक रहन सक्छन् ।
यसको सेटिङहरू अनुकूलन गरेर, प्रयोगकर्ताहरूले आफ्नो डिस्प्लेमा हेर्न चाहेको कुरा, समय, मिति, ब्याट्री क्षमता, वा आफ्नो मनपर्ने आदर्श वाक्य पनि छनोट गर्न सक्छन् । अत्यन्त सन्तोषजनक र प्रयोग गर्नको लागि रमाइलो, रेड्मी नोट १२ 5G को उज्यालो र स्पष्ट डिस्प्लेले बाहिरी वातावरणमा पनि सामग्री र तस्बिरहरू स्पष्ट रुपमा प्रदान गर्दछ ।
प्रभावशाली प्रदर्शन, परिष्कृत मनोरञ्जन अनुभव
6nm प्रक्रियामा निर्मित शक्तिशाली Snapdragon® 4 Gen 1 संग सुसज्जित, रेड्मी नोट १२ 5G ले प्रभावशाली प्रदर्शन प्रदान गर्दछ । प्रयोगकर्ताहरूको लागि परिष्कृत शक्ति दक्षता र डुअल 5G सिम कार्ड समर्थनको साथमा 8GB सम्मको RAM र 256 GB भण्डारणले प्रयोगकर्ताहरुलाई थप एपहरू चलाउन छिटो गतिमा स्विच गर्न सक्षम बनाउँदछ । परिष्कृत मनोरञ्जन अनुभवको आनन्द लिन, प्रतिक्रिया दिन, सामाजिक सञ्जालमा सामग्री छिटो पोस्ट गर्न र साथीहरूसँग उच्च ग्राफिक मोबाइल गेमहरू खेल्न सक्नुहुन्छ । 5GB कनेक्टिभिटीको साथमा अब प्रयोगकर्ताहरुले गेमहरू र अपडेटहरू छिटो डाउनलोड गर्न सक्नुहुन्छ ।
33W फस्ट चार्जिङको साथ लामो समयसम्म चल्ने ब्याट्री
लामो ब्याट्री लाइफ र फास्ट चर्जिंग क्षमता भएकोले प्रयोगकर्ताहरूका लागि Redmi Note 12 5G ले भरपर्दो, दिर्घकालिन पावर प्रदान गर्दछ । यसको 5,000mAh ब्याट्रीले यस उपकरणलाई भारी प्रयोग स्तै भिडियोहरू स्ट्रिम गर्ने, इन्टरनेट ब्राउज गर्ने र लामो समयसम्म गेमहरू खेल्नेको लागि उपयुक्त बनाउँछ । यो दैनिक आधारमा विश्वसनीयता प्रदान गर्दै, रेड्मी नोट १२ ले एमएमटी टेक्नोलोजीको साथ 33W को प्रभावकारी चार्जिङ प्रक्रिया सुनिश्चित गर्दछ ।
ट्रिपल क्यामेरा सेटअप तथा स्लीक डिजाइन
अल्ट्रा–वाइड र म्याक्रो क्यामेरा लेन्सहरू सहितको ४८ मेगापेक्सल ट्रिपल क्यामेरा सेटअपसँग सुसज्जित, रेड्मी नोट १२ ५जी ले उत्कृष्ट तस्बिर र भिडियो प्रदर्शन गर्दछ। यसले नाईट मोडमा पनि अद्भुत दृश्यहरू खिच्न सक्छ । यसको पोर्ट्रेट मोडले फिल्डको प्राकृतिक गहिराइ सिर्जना गर्छ जसले तपाईंको विषयलाई भीड वा व्यस्त पृष्ठभूमिबाट अलग राख्न मद्दत गर्दछ । पातलो र हल्का तौलको डिजाइनले फोन होल्ड गर्न सहज र लामो समयसम्म टिकाउ हुन्छ। डट डिस्प्ले, स्टाइलिश फ्ल्याट फ्रेम र कर्भ ब्याकको साथमा रेड्मी नोट १२ ५जी ले प्रिमियम लुक र अनुभव प्रदान गर्दछ । यो स्माटफोन Onyx Gray, Forest Green, Ice Blue गरि तीन रंगमा उपलब्ध छ ।
बजार उपलब्धताः
रेड्मी नोट १२ ५जी Onyx Gray, Forest Green, Ice Blue गरि तीन रंगमा र ६ जीबी +१२८ जीबी र ८ जीबी + २५६ जीबी गरि दुई भेरियन्टहरूमा उपलब्ध छ ।
६ जीबी + १२८ जीबी र ८ जीबी + २५६ जीबी भेरियन्टमा उपलब्ध यो फोनको मूल्य क्रमशः रु.२९,९९९ र रु.३१,९९९ रहेको छ ।
रेड्मी नोट १२ ५जी नेपालभरका सबै अधिकृत मि स्टोरहरू र शाओमीका अधिकृत रिटेलरहरूमा जेठ २८ देखि उपलब्ध हुनेछ ।












