डोटीको केआईसिंह गाउँपालिकाद्वारा अन्तर्जातिय विवाह गर्ने जोडी प्रमाणपत्र सहित सम्मानित

राजन कठायत
२२ जेष्ठ २०८०, सोमबार १४:२७

काठमाडौं । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा डोटीको केआईसिंह गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने जोडिलाई सम्मान गरेको छ ।

समाजमा हुने जातिय विभेदलाई अन्त्य गर्ने र गैह्र दलितहरु बिच सम्बन्ध स्थापित गर्ने उदेश्यले गाँपपालिकाले पहिलो पटक अन्तरजातिय विवाह गर्ने जोडिलाई प्रोत्साहन स्वरुप सम्मान गरेको हो ।

डोटीको केआईसिंह गाउँपालिकाको वडाँ नम्बर ५ले अन्तर्जातिय विवाह गर्ने यो जोडिलाई समाजको एक उदारणीय जोडीको रुपमा अरुलाई पनि थप सकारात्मक सन्देश दिने भन्दै सम्मान गरेको जनाएको छ । गाँउपालिकाले जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा हिजो उक्त जोडीलाई सम्मान गरेको हो ।

अध्ययनको शिलशिलामा माया प्रेममा रहि अन्तर्जातिय विवाह गरेको उक्त जोडिले जातिय विभेदको कारणले गर्दा आफुहरुले धेरै दुव्र्यवहार सहनु परेको अनुभव सुनाए । अन्तर्जातिय बिवाह गरेकी पार्बती साउँदले भनिन् ‘हामीले प्रेम सम्बन्धलाई पुर्णता दिन बिवाह गयौँ, जातकै कारण धेरै यातना खेप्नु पर्यो ।’

उनले थपिन ‘म एक सक्षम शिक्षित ब्यक्ती माथी त यस्तो ब्यबहार हुन्छ भने अन्य साधारण जोडिले अन्तरजातिय बिवाह थेग्न सक्ने अबस्था छैन् ।’ वडाले सम्मान गरेपछि आफुहरुले उठाएको कदम सहि र परिर्बतनका पक्षमा भएको अनुभब भएको उक्त जोडिको छ ।

केआईसिंह गाँउपालिका वडा नम्बर ५ का अध्यक्ष दुुर्गा रावलले जातिय विभेदकै कारणले समाजमा रहेको दलित र गैरदलितबीचको खाडललाई मेटाउन हामीले अन्तरजातिय विवाह गर्ने जोडिलाई सम्मान गरेको बताए । उनले भने, ‘सरकार भनेको आम नागरिकको अभिभावक भएको कारणले गर्दा आफु वडाध्यक्ष भएकोले मैले गाँउ समाजमा रहेका यस प्रकारका विभेदको अन्त्य गरी समाजवाद उन्मुख सामाजको विकास गर्ने प्रति दृढ रहेको छु’ ।

अध्यक्ष रावलले जातिय विभेदका कारणले हामिलाई विकासका योजना र शैक्षिक क्षेत्रको सुधारमा पनि चुनौती रहेको र यस प्रकारको सम्मानले आगामि दिनमा सहज वातावरण बनेमा विश्वस्थ रहेको बताए ।

डोटी जिल्लामा जातिय भेदभावको विरुद्धमा आवाज उठाउदै आएका युवा नेता यज्ञ पार्कीले केआईसिंह गाँउपालिका वडा नम्बर ५ ले अन्तरजातीय बिबाह गर्ने जोडिलाइ र अन्य उत्कृष्ट दलित समुदायका युवाहरूलाई सम्मान गर्नु सकारात्मक पक्ष रहेको बताए ।

उनले भने, ‘अहिले प्राय अधिकांस अन्तरजातीय विवाह सफल नभैरहेको अवस्थामा सरकारले अभिभावत्व दिन खोज्नु धेरै राम्रो पक्ष हो । सामाजिक बिभेदका सवाल हामी सबैका साझा सवाल हुन । यी समस्याको निराकरण गर्नका लागि हामी सबैले आ आफ्नो क्षेत्रबाट जोडदार ढंगले समस्याको विरुद्धमा आवाज उठाउनु आजको आवस्यकता हो ।’

सम्मान कार्यक्रमका उपस्थित रहेका ७० वर्षिय नरि लुहारले समाजमा जातिय विभेदको कारणले गर्दा आफुले धेरै दुव्र्यवहार हेपाई सहनु परेको बताए ।
‘मैले शिक्षाको अभावले गर्दा यो समाजमा रहेका ठालु भलादिमी भनौदाहरुसँग बहस गर्न सकेको थिएन र आज हाम्रै वडाले दलित र गैरदलितबीचको खाडल मेटाउन यस प्रकारको सम्मान गरेकोमा आफुलाई धेरै खुशी लागेको छ’ । उनले भने ।

यसै अवसरमा केआईसिंह गाउँपालिका वडा नम्बर ५ बाट दलित सामुदायबाट आफ्नो व्यवसाय तथा अध्ययन गरी शिर्षस्थानमा पुगेका अग्रज व्यक्तिवहरुलाई सम्मान समेत गरेको छ ।

 

वडाले दिवसको अवसरमा अन्तरजातिय विवाह गरेका जोडिसहित खानेपानी डिभिजन कार्यालयका लेखा अधिकृत खगेन्द्र बिक, युवा ब्यबसायी बिरेन्द्र पार्की, पशु प्राबिधिक राजन नेपालीलाई सम्मान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*