बिमलेश र केकीको अभिनय रहेको ‘अन्तिम पत्र’ सार्वजनिक

२३ जेष्ठ २०८०, मंगलवार १४:१४

काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा चर्चित रहेका बिमलेश अधिकारी र केकी अधिकारी नयाँ म्युजिक भिडियोमा देखिदएका छन् । उनीहरु ‘अन्तिम पत्र’ गीतको भिडियोमा देखिएका हुन् ।

उक्त ‘अन्तिम पत्र’ गीतमा दिलिप घिमिरेको शब्द र बिरेन रसाइलीको स्वर रहेको छ । उक्त गीतमा अभिनय गरेका बिमलेश ६ वटा चलचित्र र दुईवटा टेलिसिरियलमा समेत अभिनय गरिसकेका छन् । बिमलेश केही समयदेखि मूलधारको रंगमञ्चमा थिएनन् । यद्यपी उनले अमेरिकामा केही म्युजिक भिडियोको निर्देशन र अभिनय भने गरेका थिए । क्या दामी भो, तिर्खा लाग्यो पानी खाएँ, धेरैपल्ट मरें म त, अलिकति नजर तिम्रो जस्ता सुपरहिट गीतहरुका म्युजिक भिडियोमा बिमलेशले अभिनय गरेका थिए ।

हालै उनको टक शो बोल्ड टक वीथ बिमको ९ वटा भाग युट्युबबाट प्रशारण भएको थियो भने उनले नेपालको टेलिभिजनमा उक्त टक शोको नयाँ सिजन सुरु गर्ने योजना समेत बनाएका छन् । पहिलो सिजनमा अमेरिकामा रहेका कलाकार र अन्य व्यक्तित्वहरुलाई समेटिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*