सुनको मूल्य बढ्दा चाँदीको स्थिर, कतिमा हुदैछ आजको कारोबार ?

२४ जेष्ठ २०८०, बुधबार ११:०६

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार सुनको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर १ लाख १२ हजार सात सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन छापावालाको सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेर १ लाख १२ हजार पाँच सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबारको तुलनामा स्थिर रहेको छ । बुधबार चाँदीको मूल्य १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*