सरकारले १६ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गर्दै

२४ जेष्ठ २०८०, बुधबार ११:४९

काठमाडौं । सरकारले १६ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । निर्माण ठेक्का लिएर काम अलपत्र पार्ने १६ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्ने तयारी गरेको हो ।

कार्यालयले बुधबार सूचना जारी गर्दै विभिन्न सार्वजनिक निकायबाट कारबाही सिफारिस गरिएअनुसार कालोसूचीमा राख्ने तयारी गरिएको जनाएको छ । यसरी सार्वजनिक निकायबाट कालोसूचीमा राख्न सिफारिस गरिएको निर्माण कम्पनीहरुलाई कार्यालयले ७ दिनभित्र लिखित स्पष्टीकरण माग गरेको छ ।

कालोसूचीमा राख्न सिफारिस भएका निर्माण कम्पनीहरुमा नयाँ निर्माण सेवा, नव निर्माण बिल्डर्स, अर्भान कन्स्ट्रक्सन, ब्लुबर्ड डिजाइन एण्ड कन्स्ट्रक्सन, इपिक कम्प्युटर्स ट्रेडर्सलाई सडक डिभिजन भक्तपुरलगायत कार्यालयले सिफारिस गरेका छन् ।

यसैगरी, बुढाथोकी निर्माण सेवा, माबोहांग निर्माण सेवा, समृद्ध निर्माण सेवा, जय भगवती निर्माण सेवा, शुभम् कन्स्ट्रक्सन, त्रिवेणी निर्माण सेवा, एस कन्स्ट्रक्सन, बिकेबी कन्स्ट्रक्सन एण्ड सप्लायर्स, सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन, चेतना कन्स्ट्रक्सन, जोशी विज हाउस लगायतलाई कालोसूचीमा राख्न विभिन्न सार्वजनिक निकायहरुले सिफरिस गरेको कार्यालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*