नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँट सम्पन्न, कति जनाले पाए शेयर ?

२४ जेष्ठ २०८०, बुधबार १२:३३

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले बैदेशिक रोजगारमा रहेका नेपालीको लागि निष्काशन गरेका आइपीओ बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड गरेको हो ।

कम्पनीले वैदेशीक रोजगारीमा रहेका नेपाली श्रमिकलाई ४ लाख ३५ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको थियो । क्यापिटलका अनुसार आईपिओमा कुल २० हजार ७ सय ९१ जनाको आवेदन परेकोमा २० हजार ७ सय ८५ जनाको आवेदन मात्र योग्य भएको छ ।

क्यापिटलले योग्य रहेका आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरेको छ । जस अनुसार १० कित्ता वा बढीको लागि आवेदन दिने २० हजार ७ सय ८५ जनाले १० कित्ता कै दरले शेयर पाएका छन् । त्यस्तै २० कित्ता वा बढीको लागि आवेदन दिने १६ हजार ५ सय ९५ जनाले थप १० कित्ता शेयर पाएका छन् । त्यस्तै ३० कित्ता वा सो भन्दा बढीको लागि आवेदन दिने १२ हजार १ सय ११ जना मध्ये ६ हजार १ सय ५० जनाले थप १० कित्ता शेयर पाएका छन् ।

यसका साथै, आइपीओको नतिजा बिक्री प्रबन्धक मेगा क्यापिटलको वेवसाइट, सिडीएसको मेरो शेयरको वेवसाइट र सिडीएसले आइपीओको लागि संचालन गरेको आइपीओ रिजल्ट लगायतका वेवसाइट मार्फत हेर्न सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*