पीसीआई एसएससीको सल्लाहकार समितिमा नेप्स चयन

२४ जेष्ठ २०८०, बुधबार १६:०८

काठमाडौं । पीसीआई एसएससी कार्ड मार्फत हुने कारोवारमा डाटा सुरक्षा सम्बन्धि मापदण्डहरुको अनवरत क्रमविकासलाई व्यवस्थित गर्नको निमित्त स्थापना भएको अन्तराष्ट्रियरुपमा मान्यता प्राप्त संस्था हो ।

भिसा, मास्टरकार्ड जस्ता अन्तराष्ट्रिय कार्ड नेटवर्कले पीसीआई डिएसएस सर्टिफिकेसन अनिवार्य नै गरेका छन् । कार्ड मार्फत हुने कारोवारको सुरक्षा र तत्सम्बन्धी विकास भैरहने विविध साइबर सुरक्षाका विषयलाई समेटी सुरक्षित कारोवारको वातावरण सिर्जना गर्ने तथा विश्वव्यापी रुपमा नै विभिन्न सरोकारवालाहरुलाई समेटी पर्याप्त डाटा सुरक्षा सम्बन्धि मापदण्डहरुको विकास गरि लागु गर्ने उदेश्य लिएर बनेको संस्थाको सल्लाहकार समितिमा चयन भएकोमा नेप्स गौरवान्तित भएको जनाएको छ ।

सल्लाहकार समितिमा भएका सदस्य सँस्थाहरुले कार्ड मार्फत हुने कारोवारमा डाटा सुरक्षा सम्बन्धि मापदण्डहरुको विकासमा उल्लेख्य भूमिका निर्वाह गर्नुका साथै, आ–आफ्नो बजार, भूगोल र प्राविधिक अनुभवहरु मापदण्डको विकासक्रममा प्रस्तुत गरि मापदण्डहरुलाई समयसापेक्ष बनाउन नेतृत्व पनि गर्छन । सल्लाहकार समितिको सन् २०२३–२०२५ को कार्यकालको २० सिटको लागि ६४ मनोनयन दर्ता भएको र सन् २०२३ मार्च १३ देखि २४ सम्म चुनाव भएको थियो । फलस्वोरूप २०२३ जुन १ मा प्रकाशित नतिजा बाट नेप्स वित्तीय संस्था श्रेणीबाट मनोनित भएको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्जिब सुब्बाले भने, “यो हाम्रो लागि गौरवको विषय हो र यसले नेप्स नयाँ उचाई तर्फ बढिरहेको पनि संकेत गर्दछ । साथै, एऋक्ष् क्क्ऋ को लक्ष्य प्राप्तिको लागि ज्ञान, सीप, र अनुभवको योगदान गर्न नेप्स तयार र आतुर पनि रहेको छ । साथै, हामीले यो अवसरलाई कार्ड मार्फत हुने कारोवारको सुरक्षालाई अझै चुस्त र समय सापेक्ष बनाउन अनि भुक्तानी क्षेत्रमा नविनता र सुरक्षित डिजीटल परिदृश्यको कल्पना साकार पर्ने चुनौतीको रुपमा पनि लियका छौँ ।”

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*