तोलामै एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको पाचौ दिन अर्थात बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँ र चाँदीको मुल्य ५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर १ लाख ११ हजार सात सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार १५० रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन छापावालाको सुनको मूल्य तोलाकम १ लाख १२ हजार सात सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्य १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।