शाओमीको भव्य एक्सचेन्ज अफर सार्वजनिक

२५ जेष्ठ २०८०, बिहीबार ११:२५

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले भव्य एक्सचेन्ज अफरको सार्बजनिक गरेको छ । जस् मार्फत ग्राहकहरूले कुनै पनि ब्रान्डको आफुले हाल चलाउँदै गरेको स्मार्टफोनहरूसँग नयाँ शाओमी, रेडमी वा पोको फोन साटेर, अपग्रेड गर्न सक्नेछन् ।

यस पहलका साथ शाओमीले ग्राहकहरूलाई आफ्नो इकोसिस्टममा सामेल हुन सहज र किफायती तरिका प्रदान गर्दै अत्याधुनिक प्रविधिलाई विशाल दर्शकहरू माझ पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ । ग्राहकहरूलाई आफ्नो पुरानो स्मार्टफोनहरू साट्नका लागि सुनौलो अवसर प्रदान गर्दै शाओमीले इलेक्ट्रोनिक वस्सट घटाउने र दिगोपन प्रवर्द्धन गर्ने प्रतिबद्धता दर्साउँदछ ।

एक्सचेन्ज अफरको बारेमा चर्चा गर्दै, शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पाण्डाले भने “यो एक्सचेन्ज अफर हाम्रा ग्राहकहरूमाझ ल्याएर ग्राहकहरूलाई अझ बढी किफायती मूल्यमा हाम्रा स्मार्टफोनहरूको .गुणस्तर र नवीनतम सुविधाहरू प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौँ । यसैबीच रेड्मी १२ ५जीको खरिदमा थप १ हजार रुपैयाँ छुट प्रदान गर्दै हामी हाम्रा ग्राहकहरूलाई शाओमी रोज्नुभएकोमा आभार व्यक्त गर्न चाहन्छौँ ।

ग्राहकहरूले शाओमीको कुनै पनि आधिकारिक रिटेल स्टोरमा गई ट्रेड–इन प्रक्रिया सुरु गरेर सरल रूपमा नै एक्सचेन्ज अफरको लाभ लिन सक्नेछन् । ग्राहकहरूले “नयाँ पुरानो एक्सचेन्ज“ मोबाइल एपबाट आफ्नो हालको फोनको अवस्था जाँच गरी तत्काल मूल्याङ्कन गर्न सक्नेछन् । नयाँ शाओमी, रेडमी वा पोको स्मार्टफोनको मूल्यबाट मूल्याङ्कन रकम घटाएर अपग्रेड गर्न खोज्ने टेक इन्थुसिअस्तहरुका लागि यो अफर अझै आकर्षक बन्दछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*