करको दर र दायराको बिषयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उठाए संसदमा प्रश्न
२५ जेष्ठ २०८०, बिहीबार १४:४२

काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले करको दर र दायरा अन्धाधुन्ध चलाइएको बताएका छन् ।आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि प्रस्तावित बजेटमाथि बिहीबार संसदमा भएको छलफलमा भाग लिँदै राप्रपा अध्यक्ष लिङ्देनले बजेटमा करको दरको बिषय चित्तबुझदो नभएको बताएका छन् ।
चालु आर्थिक वर्षमा राजश्व उठेन भनेर अर्थमन्त्रीले करको दर र दायरा बढाउने कोसिस गरेको भन्दै उनले भने, ‘करको दर र दायरा बढाउने क्रममा अन्धाधुन्ध काम गरिएको छ, यसले एकातिर कर बढ्ने देखिन्छ भने अर्कोतिर नकारात्मक प्रभाव पर्छ ।’ हवाइ टिकटमा कर, पाँचतारे होटलमा विलासिता कर, कृषिजन्य वस्तुमा करले नकारात्मक प्रभाव पर्नसक्ने उनले बताए ।
पार्टी हेरेर हैन देशको अवस्था हेरेर बजेट निमार्ण गर्नु आवश्यक रहेको उनले बताएका छन् ।












