नर्भिक हस्पिटलमा आगामी शनिबार निःशुल्क ओपीडी सञ्चालन हुने

२५ जेष्ठ २०८०, बिहीबार १५:४५

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । नर्भिकमा पनि कार्यरत डा. झा नेतृत्वको टिमले आगामी शनिबार (जेठ २७ गते) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म निःशुल्क ओपीडी(न्युरो क्याम्प) सञ्चालन गर्ने भएको हो ।

नेपालीहरुमा पछिल्लो समय ब्रेन ट्युमरको समस्या बढ्दो छ । यसैलाई मध्यनजर गरी ‘वल्र्ड ट्युमर डे’को अवसर पारी डा. झाले निःशुल्क ओपीडी सेवा दिन लागेका हुन्। उनले सो क्रममा ब्रेन ट्युमरका केसहरुमा फोकस रहेर बिरामीहरुको चेकजाँच गर्ने नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको छ।

नर्भिक इन्टरनेसनल हस्पिटलले विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विभिन्न रोगका विशेषज्ञहरुको सहभागितामा निःशुल्क ओपीडी सञ्चालन गर्दै आइरहेको छ । यो क्रममा सर्वसाधारणको सहभागितासमेत उल्लेख्य हुने गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*