दक्षिण एशियाली मुलुकमा भारतको आर्थिक वृद्धिदर सबैभन्दा धरै, नेपाल पाँचौ स्थानमा

२६ जेष्ठ २०८०, शुक्रबार ०४:५२

काठमाडौं । नेपालले चालु आर्थिक वर्षमा ४.१ प्रतिशतले आर्थिक वृद्धिदर हासिल विश्व बैकले प्रक्षपण रहेको छ । विश्व बैंकले (बुधबार) सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स मार्फत सो पक्षपण गरेको हो ।

विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार दक्षिण एसियाली मुलुकमध्ये नेपालको आर्थिक वृद्धिदर पाचौ स्थानमा रहेको छ । चालु आवमा छिमेकी राष्ट्र भारतको आर्थिक वृद्धिदर सबैभन्दा बढी रहेको छ । प्रतिवेदन अनुसार भारतको आर्थिक वृद्धिदर ७.२ प्रतिशत पुुग्ने प्रक्षपण रहेको छ ।

चालु आवमा दोस्रोमा माल्दिभ्सले ६.६ प्रतिशत, तेस्रोमा बङ्गलादेशले ५.२ प्रतिशत र भुटानले ४.५ प्रतिशत वृद्धिदर हासिल गर्ने विश्व बैङ्कको प्रक्षेपण छ ।

पाकिस्तानको अत्यन्त न्यून ०.४ प्रतिशत वृद्धिदर हुँदा श्रीलङ्काको वृद्धिदर ४.३ प्रतिशतले नकारात्मक हुने प्रक्षेपण गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*