ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटल एकआपसमा गाभिने

२६ जेष्ठ २०८०, शुक्रबार १०:२७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले साविक बिओकेलाई प्राप्ति गरेपछि ग्लोबल आइएमई क्यापिटल लिमिटेडले पनि बिओके क्यापिटल लिमिटेडलाई गाभ्ने भएको छ । गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गर्न यी दुबै क्यापिटलले छुट्टाछुट्टै विशेष साधारण सभा आह्वान गरेको छ ।

ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटलले एकैदिन विशेष साधारण सभा आह्वान गरेका छन् । मर्जर प्रस्ताव पारितका लागि दुबै कम्पनीले असार ३ गते विशेष साधारण सभा बोलाएका हुन् ।

ग्लोबल आइएमई क्यापिटलले कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा बिहान ९ बजे र बिओके क्यापिटलले कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा बिहान ९ बजे सभा बोलाएको छ ।

दुई क्यापिटलबीच १.०.५३ सेयर स्वाप अनुपातमा मर्जर प्रस्ताव पारित गरेका हुन् । बिओके क्यापिटलको १ कित्ता सेयर बराबर ग्लोबल आइएमई क्यापिटलको ०.५३ कित्ता सेयर आदान प्रदान अनुपातमा मर्जर हुनेछन् ।

दुबै कम्पनीले सभा मार्फत मर्जरका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक भएर २०७९ पुस २५ गतेदेखि एकीकृत कारोबार थालेका थिए । माउ कम्पनीहरु मर्जर भएपछि ती बैंकका सहायक क्यापिटलहरु एक हुन लागेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*