दश महिनामा १ खर्ब ५ अर्व रुपैयाँ रेमिट्यान्स भित्रियो
२६ जेष्ठ २०८०, शुक्रबार १३:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनाको वित्तिय तथ्यांक सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांक अनुसार समिक्षा अवधिमा विप्रेषण प्रवाह २३.४ प्रतिशतले बढेर एक खर्ब ५ अर्व १८ करोड रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा विप्रेषण प्रवाह ०.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.२ प्रतिशतले घटेको थियो ।