७.४१ प्रतिशतले बढ्यो मूल्यवृद्धि, सबैभन्दा बढी काठमाडौंमा
२६ जेष्ठ २०८०, शुक्रबार १३:३९

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनाको वित्तीय तथ्यांक सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांक अनुसार समिक्षा अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८७ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहेको छ ।
यस अवधिसम्ममा काठमाडौं उपत्यकामा ७.६८ प्रतिशत, तराईमा ७.१५ प्रतिशत, पहाडमा ७.५७ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत मुद्रास्फीति रहेको प्रकाशित तथ्यांकले देखाएको छ ।