संसदमा समाजवादीको आक्रोस, बजेट फेल गरिदिने चेतावनी

२६ जेष्ठ २०८०, शुक्रबार १४:१०

काठमाडौं । सत्तारुढ दलभित्रैका माधव नेपाल समुह सम्बद्ध एकीकृत समाजवादी पार्टीले बजेट पास नगर्ने कडा चेतावनी दिएको छ । आज प्रतिनिधि सभामा बजेटमाथि टिप्पणी गर्दै समाजवादीका नेता तथा बाराबाट प्रतिनिधि सभामा निर्वाचित सांसद कृष्ण कुमार श्रेष्ठले आफ्नै सरकारविरुद्धमा कडा टिप्पणी गर्दै यथास्थितिमा बजेट पास नहुने चेतावनी दिएका छन् ।

उनले सरकारले समानुपातिक रुपमा बजेट वितरण नगरेको भन्दै भने, ‘नखाउँ भने दिनभरिको सिकार खाउँ भने कान्छा बाउको अनुहार,  कस्तो आपत पर्यो ! आजको दिनमा यो बजेट हुबहु पास हुँदैन भन्ने कुरा स्पष्ट पार्न चाहन्छु ।’

सांसद श्रेष्ठले सरकारलाई नाङ्गै नहिड्न चेतावनी दिएका छन् । उनले प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गर्दै भने, ‘सम्मानीय प्रधानमन्त्री ज्यु, नाङ्गै नहिड्नुस् ।’

उनले नागरिकता नपाएका देशैभरिका जनताको नाममा एक मिनेट मौन धारण गर्दै बजेट हुबहु पास गर्दै नगर्ने स्पष्ट पारेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*