डिसहोम र ओएसआर डिजिटलबीच सहकार्य
२६ जेष्ठ २०८०, शुक्रबार १६:३६

काठमाडौं । नेपाली चलचित्रको प्रवर्धन र विकासमा टेवा पुगोस भन्ने उद्देश्यले ओएसआर डिजिटल र डिसहोमबीच सहकार्य गर्ने सम्झौता भएको छ । ओएसआर डिजिटलसँग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिसहोमले लिएको छ ।
ओएसआर डिजिटलका विभिन्न एक्सक्लुटिभ कन्टेन्ट्सहरु अव डिसहोमको पे पर भ्यु र एक्सक्लुटिभ च्यानलहरुमा डिसहोमका ग्राहकहरुले हेर्न पाउने भएका छन् । उक्त सहकार्यबाट ग्राहकहरुले नयाँ चलचित्र र विभिन्न एक्सक्लुटिभ कन्टेन्ट्सहरुको मज्जा लिन सक्नेछन् ।
नेपाली चलचित्रको विकास र प्रवर्धनमा पनि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।