हात मुख जोर्न गाँजा बोकेर जेल परेका युवाहरुलाई तत्काल जेलमुक्त गर्न सांसद बर्तौलाको माग

२६ जेष्ठ २०८०, शुक्रबार २०:५०

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा मकवानपुर क्षेत्र नं २ का सांसद महेश कुमार बर्तौलाले हातमुख जोर्न गाँजा बोकेर जेल परेका सबै युवाहलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

यही जेठ १५ गते संसदमा प्रस्तुत गरिएको बजेटमाथि छलफलमा सहभागी भएका सांसद बर्तौलाले सरकारले बजेटमा गाँजा खेतीको औषधीजन्य उपयोगका लागि वैधानिक रुपमा उत्पादन गर्ने सम्बन्धमा राखेको व्यवस्थाको स्वागत गर्दै मकवानपुरका राक्सिराङ, खैराङ, भार्ता, कैलाशका युवाहरु गाँजा बोकेकै भरमा जेल परेको भन्दै तत्काल रिहा गर्न माग गरेका हुन् ।

सांसद बर्तौलाले व्यापारका लागि नभई हात मुख जोर्न भारी बोक्ने भरियाहरुलाई जेल हालिएकोमा विरोध गर्दै चितवन, काठमाडौं, मकवानपुर र पर्सास्थित जेलमा रहेका गाँजा बोक्ने भरियाहरुलाई रिहा गर्न माग गरेका हुन् ।

सांसद बर्तौलाले ग्रामिण क्षेत्रका जनताले औषधीजन्य प्रयोगको लागि थोरै थोरै गाँजाहरु राख्ने गरेको र औषधी प्रयोगकै लागि राखिएको गाँजाका कारण धेरै मानिसहरु जेलमा हालिएको बताउँदै यस्तो अवस्थाको अन्त्य गरिनुपर्ने बताए ।
सांसद बर्तौलाले विद्यालय खाजा कार्यक्रम प्रभावकारी नभएको बताउँदै बजेटमाथि चर्को आलोचना गरेपनि गाँजाको विषय राखिएको विषयमा भने बजेटको स्वागत गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*