आइतबार सुनचाँदीको मूल्य स्थिर
२८ जेष्ठ २०८०, आईतवार ११:०४

काठमाडौं । साता कारोबारको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज नेपाली बजारमा सुनको मूल्य कारोबारको अघिल्लो दिन (शुक्रबार)को दाजोमा स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।